• वैशाख ४, २०८१ मंगलबार
    16 Apr, 2024, Tuesday

    आँखाको ज्योति बढाउने योग ‘नेत्रशक्ति विकासक’: कसरी गर्ने?


    २०७९ असार ७, मंगलबार

    २०७९ असार ७, मंगलबार

    योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अंग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ। यसमा शरीरदेखि पैतालासम्म सम्पूर्ण जोर्नी तथा अंगहरुलाई क्रमश: चलउाँदै लगिन्छ। यसले योगाभ्यासलाई सहजता प्रदान गर्नुका साथै विभिन्न अंग प्रत्यांगलाई स्वस्थ र शक्तिशाली बनाउँछ र रोगमुक्त बनाउन समेत सहयोग गर्छ। यौगिक सूक्ष्म व्यायाम अन्तर्गत नेत्रशक्ति विकासक क्रिया पनि पर्छ।

    विधि
    – दुवै आँखालाई पूरा खुम्च्याएर बन्द गर्ने र हल्कासँग खोल्ने क्रिया, छिटो-छिटो पाँच पटक गर्नुहोस्।

    – त्यसपछि टाउकोलाई स्थिर राखेर आँखाले सकेसम्म दायाँ र बायाँ पालैपालो हेर्नुहोस्।

    – यो अभ्यास तीन तीनचोटि गर्नुहोस्।

    – टाउकोलाईस्थिर राखेर आँखाले सकेसम्म तल र माथि पालैपालोहेर्नुहोस्।

    – यो अभ्यास पनि तीन तीनचोटि गर्नुहोस्।

    – टाउकोलाई स्थिर राखेर दुवै आँखालाई घडीको सुई घुम्ने दिशामा तीन पटक घुमाउनुहोस्।

    – अब त्यसको विपरीत दिशामा त्यसरी नै तीन पटक घुमाउनुहोस्।

    – दुवै हत्केलालाई रगडेर तातो बनाई आँखामा हल्का स्पर्श गर्नुहोस्।

    फाइदा
    यसको नियमित अभ्यासले आँखाको ज्योति बढाउँछ तथा यसका मांसपेशी र स्नायुहरूलाई स्वस्थ बनाउँछ। सावधानी: आँखा पाकेको अवस्थामा नगर्नुहोस्।

    (‘राष्ट्रिय योग अभ्यासक्रम’ पुस्तकबाट)

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर