• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    साउनदेखि करारसेवाका कर्मचारी हटाइने


    २०७९ असार ११, शनिबार

    २०७९ असार ११, शनिबार

    सोताङ गाउँपालिका,सोलुखुम्बुले करारमा कार्यरत कर्मचारी हटाउने निर्णय गरेको छ ।

    सोताङ गाउँपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकले साउनदेखि करार कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अर्जुन दर्जीले २०७९ साउनदेखि लागु हुने गरी करार कर्मचारीहरुको सेवा अबधि नथप्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    प्रमुख प्रशासकीय अधिकृत दर्जीद्धारा हस्ताक्षरित पत्रमा आगामी ०७९ साउन १ गतेदेखि करार सेवाका कर्मचारीहरुको करार सम्झौता थप तथा नवीकरण नहुने निर्णय भएका कारण अर्काे निर्णय भइ करार थप नभएसम्मका लागि कार्यालय,अस्पताल तथा विद्यालयमा हाजिर भइ काम काज नगर्न र हाजिर भएमा तलब सुबिधा सम्बन्धमा स्वंयम जिम्मेवार हुने जनाइएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर