शाखा अधिकृतले उपसचिवलाई मुक्काएपछि

उच्च अदालत पाटनमा शाखा अधिकृत र उपसचिवबीच आइतवार कुटाकुट भएको छ।

हिजो अपरान्ह अदालतका उपरजिष्ट्रार रमेश श्रेष्ठमाथि शाखा अधिकृत हीरालाल भुसालले आक्रमण गरेका हुन। भुसालले उपरजिष्ट्राको कार्यकक्षमै पुगेर श्रेष्ठमाथि हातपात गरेका हुन ।

भुसालको आक्रमणबाट श्रेष्ठको अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । म्याद थपको बिषयमा विवाद हुँदा अधिकृत भुसालले श्रेष्ठमाथि हात पात गरेका हुन ।

उपरजिष्ट्रार श्रेष्ठका अनुसार, शाखा अधिकृत भुसालको आक्रमणबाट उनका अनुहार तथा शरीरका विभिन्न भागमा सुन्निएको र चोटपटक लागेको छ । सो घटनाको छानबिन गरी दोषीमाथि कारवाही गर्न अदालत प्रशासनसमक्ष उजुरी समेत दिइसकिएको छ ।

Comment Bellow
More Post