• वैशाख ११, २०८१ मंगलबार
    23 Apr, 2024, Tuesday

    मतदानको दुई दिन अघिदेखि आयोगद्वारा मदिरा बिक्री र सेवनमा रोक


    २०७९ कार्तिक २७, आइतबार

    २०७९ कार्तिक २७, आइतबार

    काठमाडौँ:- आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

    केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाउने निर्णय गरेको हो ।

    मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण भएको पाइएमा जफत गर्न समेत गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई निर्देशन दिने आयोगले निर्णय गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर