• चैत्र ६, २०८० मंगलबार
    19 Mar, 2024, Tuesday

    ललितपुरबाट प्रदेशसभामा कांग्रेसका मीनकृष्ण निर्वाचित


    २०७९ मंसिर ७, बुधबार

    २०७९ मंसिर ७, बुधबार

    ललितपर–१ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन निर्वाचित भएका छन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार महर्जनले नेकपा (एमाले)का चेतनाथ सञ्जेललाई चार हजार दुई सय १४ मतले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।

    निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार कांग्रेसका उम्मेदवार महर्जन १३ हजार तीन सय ७८ मत प्रप्त गरी बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार सञ्जेलले नौ हजार एक सय ६४ मत प्राप्त गरेका छन् ।

    राप्रपाका उम्मेदवार विश्वराज न्यौपानेले एक हजार छ सय नौ, नेमकिपाका मन्पी महर्जनले दुई सय चार, मङ्गोल नेशनल अर्गनाइजेशनका तिलकबहादुर जिम्माले एक सय ४२, हाम्रो नेपाली पार्टीका अशोककुमार केसीले तीन सय ७६, स्वतन्त्र उम्मेदवार तिलकबहादुर भोलनले चार, देवेन्द्र श्रेष्ठले ११, नवराज कुँवरले ३३, पिताम्बर सञ्जेलले २५, रमेशकुमार सञ्जेलले १०, राजेन्द्र महर्जनले सात, बद्रीबहादुर बस्नेतले आठ, श्रीलाल भोम्जनले एक सय पाँच र सरोजकुमार विष्टले आठ मत प्राप्त गरेका छन् ।

    सैतीस हजार छ सय १४ मतदाता रहेको यस क्षेत्रमा २५ हजार सात सय ३१ मत खसेको थियो । यस क्षेत्रमा छ सय ७७ मत बदर भएको थियो भने २५ हजार ८५ मत सदर भएको निर्वाचन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

    महर्जन र सञ्जेल विसं २०७४ को प्रदेशसभा निर्वाचनमा पनि प्रतिस्पर्धामा थिए । २०७४ मा सञ्जेलले १२ हजार आठ सय ६६ मत प्राप्त गरी बागमती प्रदेशसभा सदस्यमा विजयी हुँदा महर्जन ११ हजार सात सय ४२ मत प्राप्त गरी उपविजेता भएका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर