• वैशाख ८, २०८१ शनिबार
    20 Apr, 2024, Saturday

    काभ्रे– २ मा गोकुल बास्कोटाको अग्रता


    २०७९ मंसिर ७, बुधबार

    २०७९ मंसिर ७, बुधबार

    काठमाण्डौः काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बास्कोटाले अग्रता लिएका छन् ।

    प्रारम्भिक मतपरिणामदेखि नै अग्रता लिँदै आएका सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईं २ सय ४३ मतले पछि परेका छन् ।

    हालसम्मको प्राप्त मत परिणामा अनुसार बास्कोटाले १७ हजार ३१ मत पाएका छन् भने हुमागाईंले १६ हजार ७ सय ८८ मत पाएका छन् ।

    पनौती नगरपालिकाको वडा नं ३ मा भारी मत पाएसँगै बास्कोटाले अग्रता लिएका हुन् । वडा नं ३ मा खसेको कुल मतमध्ये बास्कोटाले १४ सय १८ मत र हुमागाईंले ५ सय ८९ मत पाएका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर