• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    प्रशारण लाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न सम्झौता


    २०७९ मंसिर २९, बिहिबार

    २०७९ मंसिर २९, बिहिबार

    काठमाण्डौः डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोड्का लागि  विस्तृत अध्ययनको काम सुरु गर्न लागिएको छ । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड र उद्धय जेभीबीचमा आज प्रशारण लाइन निर्माण गर्न अध्ययन गर्न भन्दै सम्झौता भएको छ ।

    डोल्पाको इलबाट उत्पादन भएको विद्युत रुकुम पश्चिमको बाफिकोट स्थित नेपाल विद्युत प्राद्यिकरणको सव स्टेशनमा जोडका लागि अध्ययन गर्न लागिएको हो । उद्धय जेभीसँग भएको उक्त सम्झौता भएसँगै अध्ययनको काम केही दिनमै सुरु गर्न लागिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर प्रकास अधिकारीले जानकारी दिए ।

    जगदुल्लाबाट १०६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । अघिल्लो वर्ष मात्र विद्युत खरिद , बिक्रीको काम आयोजनाले प्राद्यिकरणसँग गरिसकेको थियो ।

    अर्ध जलाशययूक्त रहेको जगदुल्ला जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने उदेश्य रहेको प्रोजेक्ट म्यानेजर सञ्जय सापकोटाले बताए । आयोजनाले अहिले सम्मा आयोजना स्थलको मुआव्जा दिइसकेको छ । संरचना निर्माणको लागि काम चलिरहेको छ । त्यस्तै जगदुल्ला जलविद्युत आयोजना  ८२.३ मेगावाटको वातावरणीय प्रभाव अध्ययन गर्न आज नै श्रेष्ठ ग्रेट जेभीसँग सम्झौता भएको छ ।

    यो जगदुल्ला जलविद्युत आयोजनाले बनाउन लागेको अर्को आयोजना रहेको छ । आयोजना निर्माण स्थलमा जान र आउनका लागि तीन जिल्लाको संगम स्थल भेरी करिडोरको त्रिबेणीस्थित भेरी नदीमाथि पुल निर्माण कार्य सुरु गरिएको छ ।

    त्यस्तै सडक निर्माणलाइ समेत तिब्रता दिइएको छ । त्रिवेणी देखि विद्युत उत्पादन गृह रहेको इल सम्मा जान र आउनका लागि सडक निर्माण कार्यसमेत सुरु गरिएको सापकोटाले जानकारी दिए ।

    आयोजना निर्माणलाई सघाउ पुर्‍याउनका लागि भेरी करिडोरको जाजरकोट र रुकुम पश्चिम खण्डमा पर्ने तल्लुस्थित भेरी नदीके पुल निर्माण कार्य सडक डिभिजन चौरजहारीले गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर