• वैशाख ६, २०८१ बिहिबार
    18 Apr, 2024, Thursday

    लायन्स क्लब अफ काठमाण्डौं हेरिटेज धरहराको रक्तदान कार्यक्रम सम्पन्न


    २०७९ चैत्र २६, आइतबार

    २०७९ चैत्र २६, आइतबार

    काठमाण्डौंः लायन्स क्लव अफ काठमाण्डौं हेरिटेज धरहराको वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौं उपत्यकामा रगत अभाव नहोस भनेर लायन्स क्लव अफ काठमाण्डौं हेरिटेज धरहराले काठमाण्डौंको कमलाक्षी चोकमा शनिवार बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

    शनिवार विहान आठ बजेबाट १ बजेसम्म सञ्चालन भएको कार्यक्रममा ४२ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष राजाराम थापाले जानकारी दिनुभयो ।

     स्थापनाको छोटो समयमा नै  क्लवले परिपक्व उदाहरणीय सामाजिक कार्यहरू गर्दै आइरहेको छ । आजको रक्तदान भने क्लवले एकल रुपमा आयोजना गरेको पहिलो रक्तदान कार्यक्रम हो ।

    नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा वयस्क तथा युवा युवती गरि सबै उमेर समूह र पेसाव्यवसायमा आवद्ध लायन्स पदाधिकारी सदस्य लगायत स्थानीय मानिसहरुले समेत स्वस्फुर्त सहभागीता जनाएका थिए ।

    क्लवका अध्यक्ष राजाराम थापाले कोरोना संक्रमण पुनः देखा परिरहेको हालको अवस्थामा विभिन्न अस्पतालमा भएका विरामीहरुलाई रगतको कमी हुने भएका कारण सोही आवश्यकता पुर्तिका लागि आफुहरुले रक्तदान गरेको बताउनुभयो । उहाँले आफूहरुको प्रमुख उद्धेश्य नै सेवा प्रवाह गर्नु भएकाले जहाँ जसलाई जस्तो आवश्यकता पर्छ त्यस्तै प्रकारका सेवा प्रवाह गर्ने रहेको बताउनुभयो ।

    यसैगरी क्लबका द्वितिय उपाध्यक्ष भुपेन्द्र सिलवालले क्लवले विगतमा संयुक्त रुपमा रक्तदान गर्दै आएकोमा यसपालीदेखी एकल रुपमा रक्तदान लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

    कार्यकममा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक के बाट प्रमुख अतिथिको रुपमा डिस्ट्रिक सेकेण्ड भाइस गर्भनर निरा बज्राचार्य, बिशिष्ट अतिथि डिस्ट्रिक PRO चिफ  रमेश अधिकारी, डिस्ट्रिक चिफ AOG  बिष्णुहरी फुँयाल, फेलोसिप चिप हसन गोपाली,  बागमती स्वरोजगार चिफ सुरेन्द्र श्रेष्ठ, डेपुटी चिफ एडभाइजर श्रीकृष्ण मानन्धर, ब्लड डोनेशन डिपार्टमेन्ट चिफ सन्तोष सराफ, डिस्ट्रिक आइटी प्रमुख नेत्र प्रसाद गुरागाँइ, रिजन चियर पर्शन प्रदिप थपलिया, जोन चियर पर्शन शक्ति श्रेष्ठ क्लबका अध्यक्ष राजाराम थापा,  पदाधिकारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

    बिहान ८ बजेबाट अपरान्ह १ बजेसम्म सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४२ प्रिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ । स्मरण रहोस डिस्ट्रिक ३२५ के अन्तर्गत रहेका १५७ वटा क्लब मध्य निकै नै चलायमान क्लब हो । आजको रक्तदान कार्यक्रम पनि क्लब एक्लैले स्वस्फुर्त आयोजना गरेको क्लबको दाबी छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर