ताप्लेजुङमा पहिरो: ४ जना बेपत्ता, पहिरोले पुर्‍यो स्वास्थ्य चौकी


काठमाण्डौः पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा पहिरोमा परी चार जना बेपत्ता भएका छन्।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका मेहेलेको भालुखोपमा केही घर पहिरोले बगाएको खबर आएको जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङले जनाएको छ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार पहिरोमा परी चार जना बेपत्ता भएका छन्। तर कहाँ-कहाँ को-को पहिरोमा परे भन्नेबारे विस्तृत विवरण आइनपुगेको चेम्जोङले बताइन्।

ठाउँ-ठाउँमा बाढी तथा पहिरोका कारण उद्धारका लागि सुरक्षाकर्मी पनि घटनास्थलमा पुग्न कठिन भएको प्रजिअ चेम्जोङको भनाइ छ।

अहिले पनि पूर्वी पहाडमा भीषण वर्षा भइरहेको छ। पहिरोले मेहेलेको स्वाथ्य चौकी भवनसमेत बगाएको छ।

तपाइको प्रतिक्रिया राख्नुहोस्



Comment Bellow
More Post