नेपाली सेनाको पहलमा अवरुद्ध भैंसे-पालुङ सडकखण्ड सञ्चालनमा (फोटोफिचर)

काठमाडौंः मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित भैँसे–पालुङ सडकखण्डमा अवरुद्ध राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको छ ।

त्यहाँ पहिरो खसी स्थानीय कृष्ण देउलाको घर र पसल पुरिनका साथै राजमार्गसमेत अवरुद्ध भएपछि सेनाको एक टुकडी परिचालन भई उद्धार र सडक खुलाउने कार्यमा खटेको थियो ।

कालीप्रसाद गणबाट एक अधिकृतसहित ३४ जनाको नफ्री र मध्य पृतनाबाट समेत फौज खटिएर अवरुद्ध राजमार्ग खुलाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।

तपाइको प्रतिक्रिया राख्नुहोस्

Comment Bellow
More Post