• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    देशभर चिसो बढ्याे, तराई र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्‍ने


    २०७७ पुष ८, बुधबार

    २०७७ पुष ८, बुधबार

    काठमाडौँ, ८ पुष । जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबारको मौसम पूर्वानुमान गरेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले गण्डकी, लुम्बिनी, बागमती, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

    यसैगरी राति बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू– भागमा मौसम सामान्यतया सफा हुनेछ । देश अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    तराई तथा पहाडका केही भू–भागहरुमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर