• वैशाख १२, २०८१ बुधबार
    24 Apr, 2024, Wednesday

    अफगानिस्तानबाट अमेरिकी सेनालाई अगष्ट ३१ सम्ममा फिर्ता गरिने


    २०७८ असार २५, शुक्रबार

    २०७८ असार २५, शुक्रबार

    काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने अमेरिकी राष्ट्रपति जो वाइडेनले बताउनुभएको छ । अमेरिकाको नेतृत्वमा रहेको सेनाले उक्त मितिभन्दा पहिल्यै आफ्नौ सैन्य कारबाही अन्त्य गर्ने बताउनुभयो ।

    युद्धको निरीक्षण गर्ने चौथो अमेरिकी राष्ट्रपति बाइडनले जीवन जोगाएको भन्दै अफगानिस्तानबाट सेना फिर्ता भइरहेकोे गतिको समेत बचाउ गर्नुभएको छ । तालिबान लडाकु समूहले देशैभर आफ्नो उपस्थिति बढाइरहेका बेला बाइडनको पछिल्लो प्रतिक्रिया आएको हो ।

    सन् २००१ को सेप्टेम्बर ११ तारिखमा अमेरिकामा भएको आतङ्कवादी हमला पश्चात् अमेरिकी सेनाले झन्डै २० वर्ष अफगानिस्तानमा युद्ध गरेको छ ।

    यसै वर्षको सुरुवाततिर, सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना त्यहाँबाट पूर्ण रूपमा फर्किसक्ने बाइडनले समय सीमा तोक्नुभएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गर्नुभएको थियो । रासस-पीटीआई

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर