• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण


    २०७८ श्रावण २०, बुधबार

    २०७८ श्रावण २०, बुधबार

    काठमाडौंः अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार हतियारधारी समूहले कार बम र गोलीमार्फत आक्रमण गर्दा चार जनाको मृत्यु भएको हो ।

    आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह घरमा नरहेको बताइएको छ । बिस्मिल्लाहको परिवारका सदस्यहरूलाई भने सुरक्षित रूपमा घरबाहिर निकालिएको बताइएको छ ।

    समाचार एजेन्सी एएफपीका अनुसार घटनामा चार जनाको मृत्यु भएको र ११ जना घाइते भएका छन् ।

    अफगानिस्तानमा तालिबान र सरकारी पक्षबीच भिडन्त भइरहेको छ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले द्वन्दको अन्त्य गर्न अपिल गरेको थियो । त्यस लगत्तै यस्तो आक्रमण भएको हो ।

    समाचार संस्था रोयटर्सले मङ्गलवार राति काबुल सहरमा रहेका धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरूको आवास रहेको स्थान नजिक विस्फोट भएको उल्लेख गरेको छ । आक्रमणको जिम्मा कसैले पनि लिएको छैन । – एएफपी

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर