• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    मेलम्ची पानी चैत मसान्तभित्र ल्याउन मन्त्री निर्देशन


    २०७८ माघ १६, आइतबार

    २०७८ माघ १६, आइतबार

    काठमाण्डौः खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यकावासीलाई आगामी चैत मसान्तभित्र मेलम्चीको पानी वितरण गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।

    मन्त्री चौधरीले मुलुकको राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत मेलम्ची खानेपानी आयोजना प्राकृतिक विपत जोखिमयुक्त क्षेत्रमा रहेकाले आयोजनाको हेडवक्रसलगायतका संरचनाको गुणस्तरीय निर्माण गर्नसमेत ठेकेदार कम्पनी र मेलम्ची खानेपानी विकास समितिका कर्मचारीलाई निर्देशन दिएका ५न् ।

    गत असार १ गते आएको बाढीपहिरोले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले सुरु गरिसकेको छ ।

    खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य व्रजाचार्य, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक, खानेपानी तथा ढल निकास विभागका महानिर्देशक, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र प्राविधिक टोलीसहित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरी मन्त्री चौधरीले सो निर्देशन दिएका हुन।

    प्रधानमन्त्री शेरबहादुर देउवाले यही माघ ७ गते देशवासीका नाममा सम्बोधन गर्दै यसै वर्षभित्र आयोजनालाई पुनः सञ्चालनमा ल्याई मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थियो ।

    त्यसैगरी कुनै पनि बहानामा निर्धारित समयभन्दा एक दिन पनि काम ढिलो नगर्न, आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापनसहित विभिन्न चरण गरी चौबीस घण्टा नै काम जारी राख्न तथा काम सम्पन्न नहुञ्जेलसम्म आयोजना स्थल (साइट) नछोड्न प्राविधिकलाई मन्त्रीले निर्देशन दिएकाे मन्त्रीका प्रेस संयोजक लीलाराज खनालले जानकारी दिए ।

    उसका अनुसार आयोजना पूर्ण रूपमा पुनः सञ्चालनमा नआएसम्म आफूले स्थलगत अवलोकन गरी हप्तैपिच्छे कार्यप्रगति लिने र मूल्याङ्न गर्ने स्पष्ट पारेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर