• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    रूखले किच्दा धनुषामा दुई बालबालिकाको मृत्यु


    २०७८ माघ २१, शुक्रबार

    २०७८ माघ २१, शुक्रबार

    जनकपुर । हावाहुरीले रूख ढल्दा धनुषामा दुई बालबालिकाको मृत्यु भएको छ ।

    शुक्रबार जिल्लाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च मा.वि.को प्राङ्गणमा रहेको मसालाको रूख ढलेर किच्दा दुई बालबालिकाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा सात वर्षीय बालक अरबिन्द सदा र आठ वर्षीया प्रतिमाकुमारी सदा रहेको धनुषा प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

    उनका अनुसार उनीहरू विद्यालयमा खेलिरहँदा एक्कासी रूख ढलेको थियो । ढलेको रूखले टाउकोमा चोट लागेर दुवैको घटनास्थलमै मृत्यु भएको जनाएको छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर