• वैशाख १५, २०८१ शनिबार
    27 Apr, 2024, Saturday

    साढे ७ केजी चरेससहित दुई पक्राउ


    २०७८ माघ २४, सोमबार

    २०७८ माघ २४, सोमबार

    काठमाण्डाै – दाङमा साढे ७ केजी लागुऔषध चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    रुकुमपूर्व भूमे गाउँपालिका–९ स्थायी घर भएका ५० वर्षीय दलबहदुर कामी र ५९ वर्षीय कर्णबहादुर पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

    विशेष सूचनाका आधारमा खोजतलास गर्दा आइतबार राति ११ बजे घोराही उपमहानगरपालिका–१४ बसपार्क उनको डेराबाट दलबहदुर कामीला पक्राउ गरिएको हो । त्यस्तै, पुन लागुऔषधको कारोबार गर्ने व्यक्तिको आशङ्कामा फोन कल तथा सोधपुछका आधारमा घोराही उपमहानगरपालिका–१८ गिठेपानी बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लले जानकारी दिए।

    यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर