• वैशाख ७, २०८१ शुक्रबार
    19 Apr, 2024, Friday

    सिन्धुपाल्चोक २ मा कांग्रेस र १ मा एमालेको अग्रता


    २०७९ मंसिर ६, मंगलबार

    २०७९ मंसिर ६, मंगलबार

    काठमाण्डौः सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन् ।

    नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन् । १५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नाै सय ३० मतले अगाडि छन् ।

    क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता बनाएका छन् । उनले सात हजार तीन सय ४६ मत ल्याएका छन भने गठबन्धनका उम्मेदवार कांग्रेसकी मसिना खड्काले सात हजार तीन सय २८ मत छ । यी दुईबीचमा तामाङ १८ मतले अगाडि छिन् ।

    यस्तै क्षेत्र न. २ मा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतले पाँच हजार नाै सय ५४ मत ल्याउदा प्रतिद्धन्द्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङले चार हजार तीन सय ८१ मत छ । बस्नेतभन्दा  तामाङ एक हजार पाँच सय ७३ मतले पछाडि छन् ।

    क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवार युवराज दुलालले अग्रता बनाएका छन् । दुलालकाे पाँच हजार नाै सय ६८ मत छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर