कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा. सुरेश आचार्य नियुक्त

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा.सुरेश आचार्य नियुक्त भएका छन् । पार्टी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले उनलाई निर्देशकमा नियुक्त गरेका हुन् ।

‘नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली, २०७६ को परिच्छेद १२, नियम ३३ बमोजिम गठित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा सिन्धुलीका डा. सुरेश आचार्यलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नु भएको छ,’– पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. आचार्य विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत रुपमा सक्रिय थिए । त्यसैगरी उनले कांग्रेसका विभिन्न समितिहरुमा रहेर कार्य गरिसकेका छन् । - काजी आचार्य

Comment Bellow
More Post