• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    २८ सांसदलाई कोरोना पुष्टि


    २०७८ वैशाख २५, शनिबार

    २०७८ वैशाख २५, शनिबार

    सङ्घीय संसद् सचिवालयले सञ्चालन गरेको पछिल्लो कोभिड-१९ पिसिआर परीक्षणमा १९ सांसद कोरोना पुष्टि भएको छ ।

    त्यस्तै प्रतिनिधिसभामा कार्यरत अन्य १४१ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

    यसअघि नौ सदस्यलाई कोरोना पोजिटिभ देखिएको थियो । पछिल्लो नतिजासँगै कोरोनाबाट संक्रमित हुने सांसद संख्या  २८ पुगेका छ।

    प्रतिनिधिसभाको यही वैशाख २७ गते हुने अधिवेशनका सन्दर्भमा सचिवालयले वैशाख २२, २३ र २४ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।

    पिसिआर परीक्षणमा २०५ सांसद सहभागी भएकामा राष्ट्रियसभाका एकसहित १९ जनालाई कोरोना पोजिटिभ देखिएको सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

    सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला समाजसँग आबद्ध पत्रकार र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीसमेत एक हजार ३० को परीक्षण गरिएकामा १४१ जनालाई कोभिड–१९ पोजिटिभ  देखिएको छ ।

    सचिवालयले संक्रमणलाई हेक्का गर्दै प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सिट व्यवस्थापन गरेको छ । सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले छलफलपछि तय गर्ने कार्यसूचीका आधारमा अधिवेशन कसरी अघि बढाउने भन्ने निक्रियोल गरिने छ ।

    कोरोना पोजिटिभ भएका सांसदलाई विश्वासको मतका सम्बन्धमा बैठकमा कसरी सहभागी गराउने भन्ने विषय अहिले चुनौतीका रुपमा छ । पिपिई लगाएका स्वास्थ्यकर्मीका सहयोगमा कोरोना देखिएका सांसदलाई बेग्लै कक्षमा राखेर मतदानमा सहभागी गराउन सकिने तर्कसमेत गरिएको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर