• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    एमाले महाधिवेशन : उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति


    २०७८ मंसिर १४, मंगलबार

    २०७८ मंसिर १४, मंगलबार

    चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ ।

    आज बिहान ४ बजेदेखि मतदान सुरु भएपछि रावलइतरको समूहले उम्मेदवारको सूची प्रकाशन गरेर प्रतिनिधिलाई बाँडेको थियो । मतदान सुरु भएपछि उम्मेदवारको सूची प्रकाशन गर्नु र प्रतिनिधिलाई वितरण आचारसंहिताविपरीत भएको भन्दै रावलले आपत्ति जनाउनुभएको हो । उहाँले भन्नुभयो, “मतदान इलाकामा पार्टी निर्वाचन आचारसंहिताविपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु ।”

    निर्वाचन आचारसंहिताविपरीतको कामले पार्टीमा धब्बा लाग्ने र लोकतन्त्रलाई कमजोर बनाउने रावलको भनाइ छ । निर्वाचन आचारसंहिताविपरीतको गतिविधि रोक्नका लागि रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीसँग आग्रह गर्नुभएको छ । रावलइतर पक्षले पदाधिकारीसहित केन्द्रीय सदस्यका उम्मेदवरको सूची प्रकाशन गर्दै ओली पक्ष बाहेककालाई मतदान गर्न सङ्केत प्रयोग गरेर वितरण गरेका हुन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर