• वैशाख ११, २०८१ मंगलबार
    23 Apr, 2024, Tuesday

    सिन्धुली घर भएकी एक महिला सर्लाहीबाट सम्पर्क विहिन


    २०७८ असार २, बुधबार

    २०७८ असार २, बुधबार

    सर्लाहीबाट एक महिला सम्पर्क विहिन भएकी छन् ।

    सर्लाही जिल्ला हरिहरिओन नगरपालिका सुखेपोखरी डेरामा वस्ने शुजता उप्रेती(घिमिरे) नाम गरेकी महिला मिति २०७८ साल वैशाख ७ गते बाट सम्पर्क विहिन भएकी हुन् ।

    सिन्धुली जिल्ला हरिहरपुरगढि गाउँपालिका वडा नं. ७ क्यानेस्वर पुरानो गाउँ घर भएका गणेश घिमिरेको श्रीमती सर्लाहीबाट सम्पर्क विहिन भएकी हुन् ।

    मिति २०७८ वैशाख ७ बिहान ८ वजे कपडा साट्ने र अर्को पनि किन्ने भनी श्रीमान सँग केही रकम लिइ बजार गएको र भोलिपल्ट सम्म पनि घर नआएको श्रीमान घिमिले बताए ।

    घिमिरेका अनुसार भोलिपल्टसम्म पनि कुनै सम्पर्क नभएकोले मिति २०७८ साल वैशाख ८ गते इ.प्र.का हरिओनमा उजुरी समेत गरेका छौ।

    घिमिरेले प्रहरीमा उजुरी गरेको थाहा पाए पछि शुजता फोन सम्पर्कमा आइ ”मलाई नखोज्नु, मैले आफ्नो सुर गरी त आफ्नो सुर गरे” भनी सम्पर्क बिहिन भएको र केही दिन पछि पुनःसम्पर्कमा आइ म डिभोर्स लिन आउछु भन्दै आउने दिन समेत तोकेको तर आजसम्म पनि सम्पर्क बिहिन रहेको र माइती पक्षबाट पनि छोरी हराएकोमा कुनै चासो नदेखाएको घिमिरे बताउदछन् ।

    त्यस्तै, प्रहरी प्रशासनबाट कुनै कुरा पनि पत्ता लाग्न नसकेको खबर आएपछी उनका श्रीमान गणेश घिमिरेले सहयोगमा लागि समाजिक सञ्जालका हारगुहार गर्दै खोजि कार्यमा सहयोगका लागि सम्पूर्णलाई अपिल गरेका छन् ।

    यदि कसैले कहिकतै देख्नुभए तथा फेला पार्नु भएमा नजिकैको प्रहरी कार्यालय तथा 9864022206/9866376745 नम्बरमा फोन सम्पर्क गरीदिनु हुन समेत अनुरोध गरेका छन् ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर