• चैत्र १६, २०८० शुक्रबार
    29 Mar, 2024, Friday

    आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर गठबन्धनबाट बाहिरियो नेपाल समूह


    २०७८ असार २८, सोमबार
    माधव कुमार नेपाल

    २०७८ असार २८, सोमबार

    काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूह पाँच दलीय गठबन्धनबाट बाहिरिने भएको छ ।

    आज साँझ कोटेश्‍वरमा भएको गठबन्धनको बैठकपछि नेपाल समूह बाहिरिने भएको हो । आफ्नै पार्टी केपी  शर्मा ओली नेतृत्वको सरकार ढालेर नेपाल समूह बाहिएको छ ।

    बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्‍ने बताए । ‘हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेल सम्मका लागि मात्रै हो ।

    उनले अब गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने बताए । ‘गठबन्धनमा हाम्रो निरन्तरता नरहन सक्छ । पहिला पार्टीलाई एकतावद्ध बनाउँछौ र त्यसपछि सिंगो मुलुकको राजनीतिमा,’ पन्तले भने ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर