हारका बावजुद पनि फ्रान्स समूह विजेता, डेनमार्कलाई हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा

हारका बावजुद पनि फ्रान्स फिफा विश्वकप २०२२ मा समूह विजेता बनेर अन्तिम १६ मा पुगेको छ।

बुधबार राति भएको समूह ‘डी’ को अन्तिम चरणको खेलमा ट्युनिसियासँग १-० गोलले हारे पनि फ्रान्स समूह विजेता बनेको हो।

फ्रान्सले समूहमा तीन खेलबाट ६ अंक जोड्यो। फ्रान्स अघिल्ला दुई खेलमा जित निकाल्दै अन्तिम १६ मा पुगिसकेको थियो।

बुधबार खान्जीको गोलबाट ५८ मिनेटमा ट्युनिसियाले अग्रता लिएको थियो। दोस्रो हाफको इन्जुरी टाइमको आठौं मिनेटमा फ्रान्सका ग्रिजम्यानले बललाई जाली चुमाए पनि भारमार्फत अफसाइड घोषित गरियो।

यता समूहमा अस्ट्रेलिया उपविजेता बनेर अन्तिम १६ मा पुगेको छ। अस्ट्रेलियाले बुधबार डेनमार्कलाई १-० गोलले हरायो।

अस्ट्रेलियाका लागि ६० मिनेटमा म्याथ्यु लेकीले गोल गरेका थिए।

समूहमा अस्ट्रेलियाले तीन खेलबाट ६ अंक जोड्यो।

यता अन्तिम खेलमा फ्रान्सलाई हराए पनि ट्युनिसियाले अन्तिम १६ मा स्थान बनाउन सकेन। उसले ४ अंक जोड्यो।

समूहमा डेनमार्क १ अंकसहित पुछारमा रह्यो।

Comment Bellow
More Post