• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    ‘भारत जस्तो चीनले नेपालमा हस्तक्षेप गर्दैन, एउटै चाहना स्थायी सरकार हो’


    २०७७ पुष ८, बुधबार

    २०७७ पुष ८, बुधबार
    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गिर्दो अवस्था र आन्तरिक कहलका कारण संसद विघटन भएको घटनापछि चीनले आफूलाई नेपालको राजनीतिक घटनाक्रमबाट पर रहेको देखाउन खोजेको छ ।
     
    ग्लोबल टाइम्सले भनेको छ ‘चीनले नेपालको आन्तरिक मामिलामा कुनै पनि प्रकारको दखल दिएको छैन र दिने छैन ।’ यस्तै अरु कुनै देशको मामिलामा पनि चीनले दखल नदिने पत्रिकाले उल्लेख गरेको छ ।
     
    पत्रिका लेखिएको छ, ‘पक्कै पनि, चीनको आशा छ कि नेपालले चाँडो परिवर्तन नहुने स्थायी सरकार पाउने छ, जसबाट सबैलाई राम्रो हुनेछ । स्थायी सरकारको सकारात्मक प्रभाव चीन–नेपाल सम्बन्धमा पनि पर्ने छ ।’
     
    अघि लेखिएको छ, ‘वास्तवमा भन्दा नेपालमा सत्तारुढ पार्टी यो होस् भन्ने चीनको चाहना छैन, मात्रै चाहन्छ कि नेपालमा स्थायी सरकार होस् ।’
     
    ग्लोबल टाइम्सले नेपालमा सत्तारुढ पार्टीमा आएको दरारले राजनीतिक स्थायित्वलाई छायामा पारेको उल्लेख गरेको छ ।
     
    ‘चीनले नेपालका कुनै पनि सत्तारुढ पार्टीमाथि दबाब, सहायता वा कुनै कुराका लागि बाध्य पारेको छैन ।’
     
    पत्रिकाले नेपालमा भारतले भने दबाब दिँदै आएको उल्लेख गरेको छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘नेपाललाई दबाब दिने भारत हो, उसले नाकाबन्दीसहितका उपायहरु मार्फत नेपालमाथि दबाब बनाएको थियो ।’
     
    ‘चीनले खेलेको सहकार्यात्मक भूमिकालाई नेपालको आन्तरिक मामिलामा दिइएको दखलका रुपमा व्याख्या गरिनु हुँदैन । भारतले चीनमाथि लगाउँदै आएको दखलको आरोप आधारहिन छ ।’
     
    भारतीय सञ्चारमाध्यमहरुले बारम्बार नेपाल–चीन सम्बन्धलाई उत्तेजित पार्ने प्रयास गर्ने गरेको ग्लोबल टाइम्सले आरोप लगाएको छ । अहिले पनि त्यस्तै गरिरहेको, तर त्यसले कुनै पनि ठूलो छाल भने नल्याएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । उसले लेखेको छ, ‘चीनसँगको सहकार्यको महत्व नेपालका राजनीतिज्ञले राम्रोसँग बुझेका छन् । केही भारतीय सञ्चारमाध्यमबाट भइरहेको युद्धाभ्यास असफल हुने छ ।’
     
    यसअघि पनि ग्लोबल टाइम्सले नेपाल–सीमाको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले नेपाली कांग्रेसको सहयोगमा चीन विरोधी सामग्री प्रकाशित तथा प्रशारित गरेको अभियोग लगाएको थियो ।
     

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर