• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता


    २०७८ श्रावण १९, मंगलबार

    २०७८ श्रावण १९, मंगलबार

    काठमाण्डौंः लुम्बिनी प्रदेशका काँग्रेससहितका विपक्षी गठबन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको भोलिपल्ट मङ्गलवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

    विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मङ्गलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

    लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरलाई ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी गठवन्धनले यस अघि पनि प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नै मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

    सोमवार गठबन्धन दलहरुले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भएपनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका थिए ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर