अषोज ६, २०७८ बुधबार
×

काठमाण्डौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप गर्ने प्रसासनको निर्णय

नयाँ संजाल

काठमाण्डौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाण्डौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ।

मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको उल्लेख गरिएको छ।

निषेधाज्ञा अवधिभर सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लव, स्वीमिङ पुल, मनोरञ्जन स्थान, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसको भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ।

यस्तै, शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाइने आदेशमा उल्लेख छ।

तपाईको प्रतिक्रिया राख्नुहोस्
सम्बन्धित समाचार
भखरै
धेरै हेरिएको