• वैशाख ६, २०८१ बिहिबार
    18 Apr, 2024, Thursday

    पहिलो हाफमा क्रोएशियालाई २–१ को अग्रता


    २०७९ पुष २, शनिबार

    २०७९ पुष २, शनिबार

    कतार विश्वकपको तेस्रो स्थानका लागि भइरहेको खेलको पहिलो हाफमा साविक उपविजेता क्रोएशियाले मोरक्कोविरुद्ध अग्रता लिएको छ

    अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा खेलको पहिलो हाफ सकिदा क्रोएशियाले मोरक्कोविरुद्ध २–१ ले अग्रता बनाएको छ

    खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन्।

    त्यसअघि खेलको सातौँ मिनेटमा नै १–० ले पछि परेको मोरक्कोका लागि अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए। खेलको नवौँ मिनेटमा गोल गर्दै उनले मोरक्कोलाई खेलमा फर्काएका थिए।

    खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए।

    पहिलो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर