• चैत्र १५, २०८० बिहिबार
    28 Mar, 2024, Thursday

    रोनाल्डोले दुई गोल गर्दा पनि युभेन्ट्स बाहिरियो, लियोन क्वाटरफाइनलमा


    २०७७ श्रावण २४, शनिबार

    २०७७ श्रावण २४, शनिबार

    काठमाडौं । क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै युभेन्ट्सलाई जित दिलाउँदा पनि इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

    अन्तिम १६ को दोस्रो लेगमा युभेन्ट्सले फ्रेन्च कलब लियोनलाई २–१ ले पराजित गर्दै समग्रमा नतिजा २–२ को बराबरी गरेको थियो ।

    तर अवे मैदानमा गोल गरेको आधारमा लियोन भाग्यमानी बन्यो । लियोनले घरेलु मैदानमा भएको पहिलो लेग १–० ले जितेको थियो ।

    दोस्रो लेगमा पनि मेमफिस डिपाएको पेनाल्टी गोलमा लियोनले १२ औं नेटमा अग्रता लिएको थियो । तर ४३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा युभेन्ट्सका लागि बराबरी गोल फर्काए । ६०औं मिनेटमा पनि रोनाल्डोले पेनाल्टीमै गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए ।

    लियोनले अवे मैदानमा गोल गरिसकेकाले युभेन्ट्सलाई घरेलु मैदानमा २ गोल अन्तरको जित आवश्यक थियो । तर त्यसपछि गोल थप्न सकेन र दोस्रो लेग जिते पनि अवे गोलका आधारमा पछि रहँदै बाहिरियो ।

    लियोनले अब क्वाटरफाइनलमा म्यानचेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । म्यानचेष्टर सिटी रियल मड्रिडलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर