• वैशाख ६, २०८१ बिहिबार
    18 Apr, 2024, Thursday

    राष्ट्रिय महिला भलिबल टोलीको घोषणा


    २०७८ मंसिर २६, आइतबार

    २०७८ मंसिर २६, आइतबार

    काठमाण्डौः नेपाल भलिबल सङ्घले बङ्गलादेशमा आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टोलीको घोषणा गरेको छ ।

    आगामी पुस ६ देखि १४ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगिताका लागि सङ्घले आज अरुणा शाहीको कप्तानीमा १२ सदस्सीय नेपाली महिला टोलीको घोषणा गरेको हो ।

    बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट सङ्घले अन्तिम चरणमा १२ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलीमा कप्तान अरुणासहित, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, मनिषा चौधरी, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहेका छन् ।

    प्रशिक्षणमा रहेका १५ खेलाडीमध्ये सरस्वती जैशी, निरुता ठगुन्ना र कविता भट्ट भने टोलीमा पर्न सकेनन् । रासस

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर