• वैशाख १४, २०८१ शुक्रबार
    26 Apr, 2024, Friday

    साफ यु १९ च्याम्पियनसिप : नेपाल भारतसँग पराजित


    २०७८ पुष ४, आइतबार

    २०७८ पुष ४, आइतबार

    काठमाण्डौः बङ्गलादेशमा जारी साफ यु–१९ (१९ वर्षमुनि) महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

    बङ्गलादेशको ढाकामा आज भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो ।

    प्रियङका देवीले ६७ औँ मिनेटमा गरेको एक गोलले भारत  प्रतियोगिताको फाइनलमा पुगेको  हो ।

    यता पराजयसँगै नेपालको फाइनलमा प्रवेश गर्नेे सम्भावना अर्को खेलको नतिजालाई कुर्नुपर्ने भएको छ । फाइनल प्रवेशका लागि नेपाललाई भारतसँग केवल बराबरीको आवश्कता रहेको थियो । अब नेपालले फाइनल प्रवेशका लागि बङ्गलादेश र श्रीलङ्काबीच हुने खेलको नजिता पर्खनुपर्नेछ ।

    बङ्गलादेशले श्रीलङ्कामाथि जित वा बराबरिकै नजिता निकाले नेपाल प्रतियोगिताबाट बाहिरिनेछ भने बङ्गलादेशले पराजय भोगे नेपाल फाइनलमा प्रवेश गर्ने सम्भावना रहनेछ । भारतले चारमध्ये तीन खेल जित्दै नौ अङ्क जोडेको छ भने समान खेल खेलेको नेपालले दुई खेलमा जित, एकमा बराबरी र एक खेल हारेको थियो । नेपालको सात अङ्क रहेको छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर