• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    नेपाल र मौरिसस बिचको दोस्रो मैत्री पूर्ण खेल आज


    २०७८ माघ १८, मंगलबार

    २०७८ माघ १८, मंगलबार

    काठमाडौँ,माघ १८। काठमाडौंको दशरथ रंगशालामा हुने दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले आज मौरिसससँग प्रतिस्पर्धा गर्दैछ । खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ ।

    नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले यसअघि दुई मैत्रीपूर्ण खेलका लागि छुट्टाछुट्टै टोली छनोट गरेका थिए । तर, दोस्रो खेलका लागि उनले टोलीमा केही परिवर्तन गर्दै अनन्त तामाङ र प्रशान्त अवस्थीको स्थानमा मनिष डाँगी र दर्शन गुरुङलाई स्थान दिएका छन् ।

    मौरिसियन क्याम्पमा, खेलाडीहरू स्यामुएल ब्रास र स्टीफन नाबाबको कोरोना रिपोर्ट पोजेटिभ आए सँगै आजको नेपाल विरुद्धको खेल गुमाउने छन्। यसैबीच काठमाडौं अवतरण गर्दा पोजिटिभ देखिएका हान्स पाटेट र वाल्टर सेन्ट मार्टिनको परीक्षण नेगेटिभ आएको छ र बाँकी टोलीसँगै छनोटका लागि उपलब्ध छन् ।

    पहिलो मैत्रीपूर्ण खेल गुमाउने मेडिकल स्टाफ अब्दुल मदारबोकस र खेलाडी पास्कल कोलिन अझै पनि कोरोना पोजेटिभ छन् र  दोस्रो मैत्रीपूर्ण पनि मिस गर्दै छन् ।

    विश्व वरियतामा नेपाल १६९औँ स्थानमा छ भने मौरिसस १७२औँ स्थानमा छ ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर