• वैशाख १३, २०८१ बिहिबार
    25 Apr, 2024, Thursday

    दीपेन्द्रको अर्धशतकमा नेपालले ओमानलाई ६ विकेटले हरायो


    २०७८ माघ २८, शुक्रबार

    २०७८ माघ २८, शुक्रबार

    काठमाडौँ,माघ । चार देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले हराएको छ ।

    फेब्रुअरी १७ तारिख देखि सुरु हुने टि-२० विश्वकपको तयारी स्वरूप खेल्न लागिएको यो सिरिजमा नेपालले घरेलु टिम ओमानलाई तिन बल बाँकी छदै ६ विकेटले हराएको हो ।

    अल अमरेत रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो।

    ओमानले दिएको १३६ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङका साथ अर्धशतक प्रहार गरेका थिए । उनले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिका ७३ रनको योगदान दिएका थिए । यस्तै, आरिफ शेखले २५, ओपनरद्वय प्रदीप ऐरीले ४, आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३ र सरद वेसव्करले अविजित ४ रनको योगदान दिएका थिए ।

    बलिङमा ओमानका कालीमुल्लाहले २ तथा खवर अलिले १ विकेट लिएका थिए ।

    ओमानका लागि कप्तान जीशन मक्सूदले सबैभन्दा बढी नटआउट ४१ बलमा ४ चौका र १ छक्काको मद्दतले  ४३ रन जोडे। त्यस्तै, मोहमद नदीम ३१, कश्यप प्रजापति ११, जतिन्दर सिंह १३, शोइब खान र आयान खानले समान ११ रन बनाए भने नदीम खुसी शून्यमा आउट भएका थिए ।

    नेपालको बलिङमा अभिनास बोहराले ३ विकेट लिंदा  सन्दीप लामिछानेले,आरिफ शेख र कमलसिंह ऐरीले समान  १-१ विकेट लिएका थिए ।

    चार देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र आयोजक ओमान सहित आयरल्याण्ड र युएई समावेश छन्।

    सिरिजको दोसो खेलमा नेपालले शनिबार युएई र सोमबार आयरल्यान्डसँग खेल्नेछ।

    प्रतिक्रिया

    मिल्दो जुल्दो खबर